पिएन क्याम्पसको जमिन जोगाउँन विद्यार्थीले गाडे त्रिविको झण्डा
पाेखरा | पुस २०, २०७९
पोखराः पोखरा महानगरपालिका १ स्थित पृथ्वीनारायण क्याम्पसमा क्रियासिल विद्यार्थी संगठनहरुले क्याम्पसको जमिन जोगाउँन त्रिभुवन विश्वविद्यालयको झण्डा गाडेका छन् ।
सडक विभाग, पुल महाशाखा, ललितपुरले क्याम्पस परिसरमा रहेको जमिनबाट वडा नम्बर ११ जोड्ने पक्की पुल बनाउने जानकारी गराउँदै बाटो खोल्न आग्रह गरेपछि विद्यार्थी संगठनहरुले सयुक्त रुपमा त्रिभुवन विश्वविद्यालयको झण्डा गाडेका हुन् ।
क्याम्पसमा क्रियाशिल विद्यार्थी संगठनहरुले सयुक्त रुपमा विज्ञप्ती जारी गर्दै, ‘उच्च अदालतले मालपोत कार्यालयलाई उत्प्रेषण जारी गरेको पृथ्वीनारायण क्याम्पसको भोगचलनमा रहिआएको कित्ता नम्बर ८३३ क्षेत्रफल २२२ रोपनी जग्गा (दर्ता हुने क्रममा रहेको) र क्याम्पसको त्रिपक्षीय छलफल बिना नै पोखरा १ र पोखरा ११ जोड्ने पुल निर्माण प्रक्रिया सुरु हुनु संस्कापद रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।’
क्याम्पसमा क्रियासिल विद्यार्थी संगठनअनेरास्ववियु, नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियू, अखिल (क्रान्तिकारी), अनेरास्ववियू (क्रान्तिकारी), समाजवादी विद्यार्थी युनियन, अखिल छैठौंले सयुक्त विज्ञप्ती जारी पुल निर्माणको कार्य रोक्न माग गरेका हुन् ।

क्याम्पस परिसरमा रहेको जमिनबाट वडा नम्बर ११ जोड्ने पक्की पुल बनाउने जानकारी गराउँदै बाटो खोल्न आग्रह गरेपछि प्राध्यापक संघहरुले सामुहिक विरोध जनाएका छन् । संघका अध्यक्षहरुले क्याम्पसको जग्गा खण्डिकृत गरी निजी प्रयोजन र केही व्यक्तिको स्वार्थमा लाभ हुने टिप्पणी गरेका छन् ।
विभागको पत्रबारे जानकारी दिन प्राध्यापक संघहरुले भोलि पत्रकार सम्मेलन गर्दै छन् ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

